२०८३, कार्तिक ११ गते बुधबार

देशकै ध्यान मधेसतिर तानिदैछ : अध्यक्ष प्रचण्ड

देशकै ध्यान मधेसतिर तानिदैछ : अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • फाल्गुण २३, २०८१ शुक्रबार

  • देशकै ध्यान मधेसतिर तानिदैछ : अध्यक्ष प्रचण्ड

    सर्लाही । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानका कारण देशकै ध्यान मधेसमा केन्द्रित भएको बताएको छ ।

    जनतासँग माओवाद, तराई-मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलङ्गवामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेको हो ।

    मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित आफ्नो पार्टीले अभियान सुरु गरेपछि अन्य प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले मधेसका समस्या पहिचानमा फाइदा नै पुग्ने बताए ।

    मधेसी जनताले भोगेको विभेद र अपमान मदेसको मात्रै नभइ देशकै समस्या भएकाले मधेसी जनताको पहिचान, अधिकार र आर्थिक सामाजिक रुपान्तरण देशकै मुद्दा भएको बताए ।

    झापाबाट सुरु भएको अभियान सर्लाही पुग्दासम्म जनतामा ठूलो उत्साह देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो अभियान कन्चनपुर पुगेर सकिँदासम्म तराई-मधेस जुरुक्कै उठ्ने विश्वास व्यक्त गरे ।

    समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनताको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डले स्पष्ट गरे ।

    अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महशुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए ।

    राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै उनले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको स्पष्ट गरे ।

    जसपाका युवा नेता प्रमोद साहको पार्टी प्रवेशले मधेसको राजनीतिक नक्सा फेरिने उल्लेख गर्दै उनले सर्लाही माओवादीमय बन्ने र आगामी निर्वाचनमा सबै क्षेत्रमा जीतको आधार तयार भएको बताए  ।


    प्रकाशित : शुक्रबार, फाल्गुण २३ २०८१११:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार