२०८३, कार्तिक १२ गते बिहीबार

बाह्र किलोको काउली फलाएका खत्री भन्छ – ‘विदेश जाने सोच कहिले पनि आएन’

बाह्र किलोको काउली फलाएका खत्री भन्छ – ‘विदेश जाने सोच कहिले पनि आएन’


  • मेरोभ्यूज
  • फाल्गुण २७, २०८१ मंगलबार

  • बाह्र किलोको काउली फलाएका खत्री भन्छ – ‘विदेश जाने सोच कहिले पनि आएन’

    बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङ थापा थरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका थिए ।

    गतवर्ष उनले आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत भएका थिए ।

    विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका खत्री यतिबेला यस क्षेत्रकै सफल किसानमा गनिन्छ ।

    उनले भने, “पुरस्कृत भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेँ । यस वर्ष १२ केजी आठ सय ८० ग्रामको काउली फलाउन सफल भए ।”

    उनले १८ रोपनी जग्गा तरकारी खेती गर्दै आएको छ । आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने सोच नआएको जनाउँदै उनले गाउँमै उद्यमी बनेको जनाए ।

    स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक रु १० देखि १२ लाख आम्दानी गर्दै आएको छ । अहिले काउली र ब्रोकाउली मात्रै दस क्विन्टल बिक्री गरेको खत्रीले जानकारी दिए ।

    तरकारी खेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै उनले व्यावसायिक तरकारी खेती गर्दै आएको छ ।

    खत्रीको फार्ममा आठवटा प्लाष्टिक टनेलमध्ये दुईवटा हाइटेक र अन्य परम्परागत टनेल छन् । खत्रीले कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाको प्राविधिक सहयोगमा आफू सफल भएको बताए ।


    प्रकाशित : मंगलबार, फाल्गुण २७ २०८११०:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार