तनहुँ । यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले वि.सं. २०७७ मा रु. तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरेका थिए ।
फूलको व्यापार विस्तार गर्दै गुरुङले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेको छ । हाल मासिक रु. दुई लाख आम्दानी लिने गरेको गुरुङले जानकरी दिए ।
गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै रु. वीस लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक रु. आठ/नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब रु. दुई लाख बचत हुने उनले बताए ।
“पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ”, गुरुङले भने । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिए ।
“व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ”, उनले भने ।

