२०८३, कार्तिक १२ गते बिहीबार

सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण

सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण


  • मेरोभ्यूज
  • चैत्र १७, २०८१ आइतबार

  • सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले सात सय ५० किसानलाई कृषि सामग्री वितरण गरेको छ ।

    गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई रु. ५१ लाख बराबरको कृषि सामग्री वितरण गरिएको हो ।

    गाउँपालिकाले किसानको मागको आधारमा ५० प्रतिशत अनुदानमा आवश्यक कृषि सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

    किसानलाई व्यावसायिक अकबरे खुर्सानीखेतीको लागि मल्चिङ प्लाष्टिक, प्लाष्टिक टनेल, हातेट्र्याक्टर, प्लाष्टिक पोखरी, स्प्रे गरी रु. ५१ लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

    “किसानलाई ५० प्रतिशत लागत साझेदारीमा कृषि सामग्री वितरण गरिरहेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “पहिलो चरणमा रु. ५१ लाख बराबरको कृषि सामग्री बोलपत्रमार्फत आह्वान गरेर वितरण थालेका छौँ । यो वर्ष करिब रु. ७० लाख बराबरको सामग्री हस्तान्तरण गर्ने लक्ष्य छ ।”

    किसानलाई एक हजार पाँच सय रोल मल्चिङ प्लाष्टिक, सात सय वटा टनेल प्लाष्टिक, ७८ वटा इलेक्ट्रिक स्पेरियर, १५ वटा हाते ट्र्याक्टर विरतण गरिने उनको भनाइ छ ।

    किसानले गरिरहेको व्यवसायको आधारमा आवश्यक सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए ।

    किसानलाई व्यावसायिक बनाएर आर्थिकरुपमा सक्षम बनाउन ठूलो लगानीमा कृषि सामग्री वितरण गरिएको उपाध्यक्ष राईको भनाइ छ ।

    “हामीले किसानलाई व्यावसायिक बन्न प्रोत्साहन गर्दै आएका छौँ”, उपाध्यक्ष राईले भने, “किसानलाई मागका आधारमा सहयोग गरेका हौँ । किसानलाई बर्सेनी आवश्यक कृषि सामग्री वितरण भइरहेको उपाध्यक्ष राईले जनाए ।

    यहाँको भूगोलअनुसार पकेट क्षेत्र निर्धारण गरेर कृषिमा योजनाबद्धरुपमा लगानी गरिरहेको गाउँपालिकाले जनाएको छ ।

    कृषिमा नमूना बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यहाँको उत्पादित कृषिउपजको बजारीकरणमा गाउँपालिकाले भूमिका खेल्ने अध्यक्ष राईको भनाइ छ ।

    “कृषि क्षेत्रको दिगो विकासबाट मात्र किसानलाई आर्थिकरुपमा सक्षम बनाउन सकिन्छ”, अध्यक्ष राईले भने, “हामीले कृषिको योजनाबद्ध विकासका लागि काम गरिरहेका छौँ ।

    कृषिमा लगानी गरिएसँगै गाउँपालिकामा अकबरे खुर्सानीबाट मात्र करोडौँ आम्दानी भित्रने थालेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ । सोहीअनुसार किसानलाई प्रोत्साहन हुने खालका कार्यक्रममा जोड दिएका छौँ ।”

    गाउँपालिकाले कृषि सामग्रीसँगै अन्य सहयोग गरेपछि व्यावसायिक ढङ्गले कृषिमा लाग्न प्रोत्साहन मिलेको स्थानीय किसान टेकबहादुर थापाले बताए ।

    “गाउँपालिकाले गरेको सहयोगले कृषिमा लाग्न प्रोत्साहन मिलेको छ”, उनले भने, “विभिन्न समयमा गाउँपालिकाले कृषि सामग्री दिँदै आएको छ । यो पटक मैले एक रोल मल्चिङ प्लाष्टिक पाए । मल्चिङ गरेर व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती गर्ने सोच छ ।”

    पौवादुङमा गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न गरिरहेको काम प्रशंसायोग्य रहेको स्थानीय किसान बालकुमार खड्काले बताए । गाउँपालिकाको सहयोगले कृषिमा लाग्न थप टेवा पुगेको उनको भनाइ छ । “गाउँपालिकाले कृषिको क्षेत्रमा गरिरहेको काम राम्रो छ”, उनले भने, “विगतदेखि नै गाउँपालिकाले कृषकलाई सहयोग गर्दै आएको छ ।


    प्रकाशित : आइतबार, चैत्र १७ २०८१०८:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार