२०८३, कार्तिक ११ गते बुधबार

रातोढुङ्गा सवस्टेशन सञ्चालन

रातोढुङ्गा सवस्टेशन सञ्चालन


  • मेरोभ्यूज
  • चैत्र १७, २०८१ आइतबार

  • रातोढुङ्गा सवस्टेशन सञ्चालन

    म्याग्दी । जिल्लाका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको ३३/११ केभी क्षमताको रातोढुङ्गा सवस्टेशन सञ्चालन भएको छ ।

    पर्वतको जलजला गाउँपालिका-४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका-६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको सवस्टेशन सञ्चालनमा आएको हो ।

    वि.सं. २०८० माघमा गरिएको परीक्षण सफल भएको उक्त सवस्टेशनबाट नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले विद्युत् आपूर्ति गर्न थालेको हो । केन्द्रका प्रमुख सत्यनारायण गामीले परीक्षणका लागि सवस्टेशनबाट विद्युत् आपूर्ति गराउन थालिएको बताए ।

    “मिलनचोक सवस्टेशन नजिकै एउटा पोल गाड्न, तार तान्न र संरचना बनाउन बाँकी भएकाले अस्थायीरूपमा बेनीबाट ट्यापिङ गरेर रातोढुङ्गा सवस्टेशनमा लाइन जोडेर हाम्रो निगरानीमा परीक्षणका लागि विद्युत् आपूर्ति गरिएको छ”, उनले भने, “अबको एक महिनाभित्र १५ दिनमा ठेकेदारले सबै संरचना बनाएर हस्तान्तरण गर्ने लिखित प्रतिबद्धता जनाएको छ ।”

    नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इन्जिनियरिङले सन् २०१६ मा रु. १६ करोडमा ठेक्का लिएको सवस्टेशन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । ठेकेदार कम्पनीका प्रतिनिधि पद्मसागर लुइँटेलले परीक्षण अवधिपछि प्राधिकरणलाई औपचारिकरूपमा सवस्टेशन हस्तान्तरण गरिने केन्द्रका प्रमुख गामीले बताए ।

    सवस्टेशन सञ्चालनपछि म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।


    प्रकाशित : आइतबार, चैत्र १७ २०८१०८:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार