२०८३, कार्तिक १२ गते बिहीबार

एखुवा खोलामा पक्की पुल निर्माण

एखुवा खोलामा पक्की पुल निर्माण


  • मेरोभ्यूज
  • चैत्र १८, २०८१ सोमबार

  • एखुवा खोलामा पक्की पुल निर्माण

    भोजपुर । एखुवा खोलामा रु. सात कराड ३७ लाखको लागतमा पक्की पुल निर्माण गरिएको छ ।

    हतुवागढी हसनपुर-९ र आमचोक गाउँपालिका-८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरले निर्माण गरेको हो । एउटा स्पानमा निर्माण भएको उक्त पुलको लम्बाइ ३७ मिटर रहेको छ ।

    वि.सं. २०७९ चैतदेखि निर्माण सुरु भएको सो पुलको निर्माण अवधि दुई वर्ष रहेको थियो ।

    एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले बताए । पुल निर्माण सम्पन्न भएपछि सवारीसाधन सञ्चालनमा आएका छन् ।

    पुल बनेसँगै स्थानीयलाई सहज भएको छ । प्रादेशिक सडक, पुल आयोजना कोशी प्रदेशका संयोजक सूर्यनारायण चौधरीका अनुसार पानीको बहावलाई ख्याल गरी पुल निर्माण गरिएको छ ।

    पुल बनेपछि दक्षिणी क्षेत्रका नागरिकलाई आवत-जावतमा सहज भएको हतुवागढी-९ हसनपुरका वडाध्यक्ष सञ्जाल राईले बताए ।

    पुल निर्माण भएर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीको वर्षौंदेखिको समस्या अन्त्य भएको उनको भनाइ छ ।

    वडाध्यक्ष राईले भने, “पुल नहुँदा धेरै जोखिम थियो । बाढी आएको बेला खोला पार गर्ने अवस्था थिएन । अब सहज भएको छ ।”

    वर्षौंदेखि सास्ती भोग्दै आएको खोलामा पुल बनेपछि स्थानीयवासी खुसी भएका छन् । भौगोलिकरुपमा विकटतासँगै उदयपुर र भोजपुरलाई जोड्ने दूधकोशीमा पुल नहुँदा सामग्री ढुवानी गर्न समस्या भएको थियो ।


    प्रकाशित : सोमबार, चैत्र १८ २०८१०९:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार