चितवन । खोरसोरस्थित हात्ती प्रजनन् तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए ।
छावाको नामकरण बाह्रौँ दिनमा गरिने उनले जानकारी दिँदै उनले केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती छिन् ।
हाल प्रजनन् केन्द्रमा नौवटा ढोइ छन् भने दसवटा छावा छन् । तीमध्ये छवटाले तालिम पाइसकेका छन् । तालिम लिएका चार भाले र दुई पोथी हुन् । चारवटा बच्चामध्ये एउटा पोथी हो भने अरु भाले हुन् ।

