२०८३, कार्तिक १२ गते बिहीबार

प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै

प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै


  • मेरोभ्यूज
  • चैत्र २३, २०८१ शनिबार

  • प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै

    झापा । जिल्लाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यस बर्ष परीक्षणका लागि चैते धान रोपेका छन् ।

    परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादनसमेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकिकरण प्रदर्शन कार्यक्रमअन्तर्गत मेशिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।

    उनका अनुसार स्थानीय पालिकाहरुको सहयोगमा कृषक समूहरुको छनौट गरी केन्द्रले धमाधम हर्दिनाथ–१ चैते धानको ब्याड राख्न सुरु गरेको छ । छनौटमा माईपश्चिमबाट गौरीगञ्ज गाउँपालिका–९ को स्यालडाँगी उद्यमशील कृषक समूह, गौरादह नगरपालिका–९ को अजम्बरी कृषक समूह, शिवसताक्षी नगरपालिका–३ को विनायक कृषक समूह र कमल गाउँपालिका–१ को पिपलगाँछी कृषक समूह परेको उनले जानकारी दिए ।

    यसैगरी माईपूर्व बुद्धशान्ति गाउँपालिका–३ को दिपज्योति कृषक समूह, अर्जुनधारा नगरपालिका–३ स्थित सिर्जना कृषक समूह, भद्रपुर नगरपालिका–३ को आपगाछी कृषि तथा पशुपालन फार्म र हल्दिबारी गाउँपालिका–४ स्थित अमराघुट्टु कृषक समूहअन्तर्गत कृषियन्त्र प्रयोग प्रदर्शन गरिने भएको छ ।

    उनले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एनएमसी कृषि फार्मसँग भाडामा लिएर कृषि उपकरण किसानलाई निःशुल्क उपलब्ध गराइएको बताए ।

    उनले प्रत्येक कृषक समूहलाई छ विगाहको दरले सो धान खेती गराउने जानकारी दिए । उनले कृषक समूहलाई निःशुल्क धानको बीउ, ब्याड राख्ने ट्रे र धान रोप्ने मेशिन उपलब्ध गराइएको बताए ।

    प्रमुख विष्टले मल, खनजोत र बालीको रेखदेख किसान स्वयमले गर्नुपर्ने बताउँदै ट्रेमा राखिएको विउ मर्न थालेमा आवश्यकता अनुसार विषादिसमेत निःशुल्क उपलब्ध गराउने बताए ।

    उनले तोएिका समूहमध्ये अधिकांशले ब्याड राख्ने काम गरिरहेको बताए । एक सय ५० वटा ट्रेमा उमारिएको विउले एक विगाह जमिनलाई पुग्ने र यो धान विउ राखेको दिनदेखि एक सय २० दिनमा पाक्ने उनको भनाइ छ । केन्द्रका अनुसार धानको विउ राखेको २५ दिनमै खेतमा राप्न सकिने छ ।


    प्रकाशित : शनिबार, चैत्र २३ २०८१०९:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार