२०८३, कार्तिक १२ गते बिहीबार

विद्यालय भवन हस्तान्तरण

विद्यालय भवन हस्तान्तरण


  • मेरोभ्यूज
  • चैत्र २७, २०८१ बुधबार

  • विद्यालय भवन हस्तान्तरण

    काठमाडौँ । जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित चन्द्रावती माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ । नेपालका लागि जापानी राजदूत मायदा तोरूले नवनिर्मित भवन हस्तान्तरण गरेका थिए ।

    जापान सरकारको ग्रासरूट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजिपी)को अनुदान सहायताअन्तर्गत करिब रू. ८५ लाखको सहयोगमा उक्त भवन निर्माण गरिएको हो ।

    सो अवसरमा जापानी राजदूत मायदाले परियोजनामा संलग्न सबैको प्रयासको लागि बधाई तथा प्रशंसा व्यक्त गरेको काठमाडौँस्थित जापानी दूतावासले जनाएको छ ।

    उक्त विद्यालय वि.सं. २०१७ मा स्थापना भएको थियो । सो विद्यालयमा हाल करिब तीन सय ३० विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । उक्त विद्यालय सो क्षेत्रकै प्रमुख शैक्षिक संस्थाका रूपमा रहिआएको छ । सो विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यापन हुँदै आएको छ ।

    जीर्ण विद्यालय भवनका कारण विद्यार्थीको पठन-पाठनमा समस्या झेल्दै आएका थिए । नवनिर्मित भवनमा सुविधासम्पन्न कक्षा कोठा, छात्राछात्रका लागि बेग्लाबेग्लै शौचालयलगायत सुविधा रहेको दूतावासले जनाएको छ ।


    प्रकाशित : बुधबार, चैत्र २७ २०८१११:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार