२०८३, कार्तिक १२ गते बिहीबार

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै


  • मेरोभ्यूज
  • चैत्र २९, २०८१ शुक्रबार

  • आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

    तनहुँ । आँबुखैरेनी गाउँपालिकाका तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ ।

    आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी–बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक रु. ९१ लाख ३८ हजार दुई सय १२ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए ।

    भकुण्डी–बरालुङबेँसी सडकका निम्ति स्थानीयले रु. एक लाख ६३ हजार आठ सय २४ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।

    लाब्दी–घुमाउने सडकमा स्थानीयले रु. सात लाख ७५ हजार छ सय ५७ योगदान गरेका उनले जानकारी दिए ।

    यसैगरी आँबु मार्गको स्तरोन्नति रु. पाँच लाख ३४ हजार तीन सय ८८ को लागतमा जारी छ । यो बाटोमा स्थानीयले रु. ५४ हजार तीन सय ८८ योगदान गरेका छन् ।


    प्रकाशित : शुक्रबार, चैत्र २९ २०८१११:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार