२०८३, कार्तिक १२ गते बिहीबार

मुसहर बस्तीमा सामुदायिक शौचालय

मुसहर बस्तीमा सामुदायिक शौचालय


  • मेरोभ्यूज
  • बैशाख १३, २०८२ शनिबार

  • मुसहर बस्तीमा सामुदायिक शौचालय

    सिरहा । यहाँको लहान नगरपालिका–२१ कलाबन्जरमा सामुदायिक शौचालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।

    लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड नेपाल, एङ्गलियन वाटर र दलित कल्याण युवा क्लबको संयुक्त साझेदारीमा सञ्चालित ‘द विकन’ परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त शौचालय १४ कोठे रहेको छ ।

    लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले मुसहर समुदायमा सरसफाइको कमीका कारण धेरै रोग लाग्ने र घर-घरमा शौचालय बनाउँदा सही रुपमा प्रयोग नहुने हुँदा सामुदायिक शौचालय निर्माण गरी हस्तान्तरण गरिएको बताए ।

    एक चालिस घरधुरीले प्रयोग गर्ने शौचालय सञ्चालनका लागि मासिक प्रति घर परिवार रु. एक सयका दरले रकम सङ्कलन गर्नेछन् । रु. २८ लाख ६२ हजार आठ सय आठ लागतमा शौचालय निर्माण गरिएको परियोजनाका इञ्जिनियर सुन्दर साहले जानकारी दिए ।

    दलित जन कल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोदकुमार विशुन्केले लहान नगरपालिकाभित्र पाँच स्थानमा सामुदायिक शौचालय निर्माण गरी सञ्चालन गरिएको बताए ।

    सो समुदायका स्थानीयले सामुदायिक शौचालय निर्माण भएका खुशी व्यक्त गरेका छन् । “शौचालय निर्माण भएपछि हामीलाई सजिलो भयो अब हामी बाहिर जादैनौँ”, दिनाराम सामुदायिक शौचालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सदायले भने ।


    प्रकाशित : शनिबार, बैशाख १३ २०८२०८:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार