२०८३, कार्तिक १२ गते बिहीबार

चुमनुब्रीमा सात सय धारा जडान

चुमनुब्रीमा सात सय धारा जडान


  • मेरोभ्यूज
  • बैशाख १३, २०८२ शनिबार

  • चुमनुब्रीमा सात सय धारा जडान

    गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा ‘चुमनुब्री बृहत् योजना’ अन्तर्गत सात सय धारा जडान भएका छन् ।

    गण्डकी प्रदेशको ‘एक घर एक धारा’ अभियानअन्तर्गत चुमनुब्रीमा उक्त योजना लागू भइ खानेपानीको धारा जडान भएका हुन् ।

    आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता भएको चुमनुब्री बृहत् योजनाको हालसम्मको भौतिक प्रगति ८५ प्रतिशत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले जनाएको छ ।

    सो पालिकाको वडा नं २, ३, ४, ५ र ६ मा योजना लागू भएको कार्यालयका सव–इञ्जिनियर दीपक खनालले बताए । उनका अनुसार कार्यालयले योजनाको जिम्मा पराजुली होम निर्माण सेवा कम्पनीलाई दिएको थियो । जसअन्तर्गत हालसम्म सात सय घरधुरीमा खानेपानीका धारा जडान भइसकेका छन् ।

    योजना सम्पन्न गर्ने म्याद २०८३ असार मसान्तसम्म छ । गाउँपालिकाभर सात सय घरधुरीमा धारा निर्माणका लागि कम्पनीसँग रु. छ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो । “पालिकाको पाँच वडाहरुमा गरेर जम्मा सात सय वटा धारा जडान गर्न सम्झौता भएको थियो”, उनले भने, “जसअन्तर्गत लगभग सबै धारा जडान भइसकेका छन् । छिटोभन्दा छिटो योजना सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।”

    योजनाअन्तर्गत केवल क्रसिङ र केही ठाउँमा पाइपलाइन वितरण बाँकी रहेको उनले बताए । कार्यालयले पूर्वाधार निर्माणको जिम्मा लिए पनि खानेपानीको मुहान सुनिश्चितताको काम स्थानीय सरकारको रहेको उनको भनाइ छ । उनले भने, “खानेपानी मुहान दर्ताको काम उनीहरुले नै हेर्छन् । हामीले आवश्यक समन्वय गर्छौँ ।”

    भौगोलिक विकटताका कारण चुमनुब्रीमा योजना सञ्चालन गर्न असहज भए पनि काम अन्तिम चरणमा पुगेको सव–इञ्जिनियर खनालको भनाइ छ । जिल्लामा ‘एक घर एक धारा’ कार्यक्रम लागू भएको छ वर्ष बितिसक्दा हिमाल पारीको चुमनुब्री गाउँपालिकामा हालसम्म खानेपानीको अभाव छ । बृहत् खानेपानी योजना सम्पन्न भएसँगै खानेपानीको समस्या समाधान हुने अपेक्षा चुमनुब्री बासीको छ ।


    प्रकाशित : शनिबार, बैशाख १३ २०८२०८:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार