२०८३, कार्तिक १२ गते बिहीबार

कोसेरा खोलामा पुल निर्माण

कोसेरा खोलामा पुल निर्माण


  • मेरोभ्यूज
  • बैशाख १८, २०८२ बिहीबार

  • कोसेरा खोलामा पुल निर्माण

    म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ कुइनेको कोसेरा खोलामा ‘स्टिल ट्रस’ प्रविधिको पुल निर्माण भएको छ ।

    रु. ३३ लाख २४ हजार एक सय ६७ को लागतमा निर्माण भएको ३२ मिटर लामो पुलबाट एक सय घरपरिवारका चार सय ८५ जनसङ्ख्या लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष दिनेश छन्त्यालले जानकारी दिए ।

    “खोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या पुल बनेपछि हटेको छ”, उनले भने, “अब ढुक्क भएर सुरक्षितरूपमा खोला वारपार गर्न पाइने भयो ।”

    रघुगङ्गा गाउँपालिका, उपभोक्ता र झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रमको सहकार्यमा पुल निर्माण भएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेका थिए ।

    रघुगङ्गा गाउँपालिकाले रु. चार लाख ७२ हजार चार सय ७७ र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमले रु. ३० लाख ८९ हजार दुई सय ७३ सहयोग गरेको पुल निर्माणमा उपभोक्ताले रु. ७२ हजार छ सय ८८ बराबरको श्रमदान गरेका छन् ।

    जिल्लामा झोलुङ्गे पुल निर्माणसम्बन्धी योजनाको सामुदायिक परिचालनको काम गर्दै आएको गैरसरकारी संस्था मिलनका अध्यक्ष दिलु बिटालुका अनुसार चालु आर्थिक वर्षको हालसम्म धवलागिरि गाउँपालिकामा दुईवटा, रघुगङ्गा र बेनी नगरपालिकामा एक–एकवटा झोलुङ्गे पुल निर्माण भएको छ ।

    आ.व. २०८०/८१ मा छ र आर्थिक वर्ष २०७९/८० मा नौ झोलुङ्गे पुल निर्माण भएको थियो । मिलन म्याग्दीको अभिलेखअनुसार जिल्ला भर दुई सय ९१ झोलुङ्गे पुल छन् ।

    झोलुङ्गे पुल निर्माण भएपछि खोलामा जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको, बाटोको दूरी छोटिएको, पर्यटक, स्थानीयवासी र विद्यार्थीलाई आवात-जावतमा सहज भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।


    प्रकाशित : बिहीबार , बैशाख १८ २०८२०८:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार