२०८३, कार्तिक १३ गते शुक्रबार

ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक

ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक


  • मेरोभ्यूज
  • बैशाख २४, २०८२ बुधबार

  • ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक

    भोजपुर । जिल्लास्थित ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडकको स्तरोन्नती थालिएको छ ।

    संघीय सरकारबाट प्राप्त रु. तीन करोड ८८ लाख लागतमा सडक स्तरोन्नती थालिएको हो ।

    पिखुवा खोला–दलगाउँ–भुल्के–ओख्रे सडकअन्तर्गत सहिद गेटबाट हुर्वु भञ्ज्याङसम्म दुई दशमलव १६ किलोमिटरखण्ड स्तरोन्नती भइरहेको छ ।

    सडकको मोड मिलाउने, सडक चौडा गर्ने, कजवे बनाउने, मेसिनरी पर्खाल लगाउने, जाली लगाउने ग्राभेल गर्ने काम भइरहेको निर्माण कम्पनी इष्ट बीएनले जनाएको छ ।

    हालसम्म यो सडक निर्माणको काम ३० प्रतिशत हाराहारी सम्पन्न भएको कम्पनीका सुपरभाइजर जीवन बुढाथोकीले जानकारी दिए । अबको एकदेखि दुई महिनाभित्र सम्पूर्ण काम सक्ने लक्ष्य रहेको उनको भनाइ छ ।

    पिखुवा खोला–दलगाउँ–भुल्के–ओख्रे–सहिद गेट–हुर्वु भञ्ज्याङ करिब १६ किलोमिटर सडकमध्ये सहिद गेट–हुर्व भञ्ज्याङ सडक निर्माण भइरहेको रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए ।

    गाउपालिकासँगै छिमेकी जिल्ला खोटाङलाई जोड्ने यो सडक निर्माणको काम प्राथमिकतासाथ अघि बढाइएको अध्यक्ष राईको भनाइ छ ।

    अध्यक्ष राईका अनुसार गाउँपालिकाको लागतमा पहिलोखण्डको काम भइरहेको छ । धेरै पहलकदमीपछि केन्द्र सरकारबाट प्राप्त रु. तीन करोड ८८ लाख लागत सडक स्तरोन्नती थालेका छौँ ।

    उक्त सडकको अन्य दुईखण्डमा पनि यही वर्षमा स्तरोन्नतिको काम गरिने अध्यक्ष राईले बताए ।

    पिखुवा खोलादेखि पिखुवा कृषि फार्मसम्म रु. २० लाख बजेट र अर्कोखण्ड प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु. दुई करोड पाँच लाख लागतमा स्तरोन्नती गरिने अध्यक्ष राईले बताए ।

    हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुने सडकको स्तरोन्नती थालिएपछि स्थानीयवासी खुसी भएका छन् । सडक निर्माणको कामले उत्साह थपिएको स्थानीयवासी शेरबहादुर बानियाँले बताए । सडकको स्तरोन्नतिपछि स्थानीयको जनजीवनमा सहजता हुने उनको भनाइ छ ।


    प्रकाशित : बुधबार, बैशाख २४ २०८२१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार