२०८३, कार्तिक १२ गते बिहीबार

मुग्लिन–पोखरा सडक

मुग्लिन–पोखरा सडक


  • मेरोभ्यूज
  • जेठ १, २०८२ बिहीबार

  • मुग्लिन–पोखरा सडक

    तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ ।

    व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौलीखण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

    बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ । बागबजारखण्डमा बुधबार कालोपत्र गरिएको थियो । दुर्गा मन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ ।

    पूर्वीखण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो । अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ ।

    पूर्वीखण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ । यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा चार लेन र ०.२९ किलोमिटरखण्डमा दुई लेन सडक कालोपत्र भएको छ ।


    प्रकाशित : बिहीबार , जेठ १ २०८२०८:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार