२०८३, कार्तिक १२ गते बिहीबार

सम्झौताको नौ वर्षपछि दोदामा पुल

सम्झौताको नौ वर्षपछि दोदामा पुल


  • मेरोभ्यूज
  • जेठ ३, २०८२ शनिबार

  • सम्झौताको नौ वर्षपछि दोदामा पुल

    कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षपछि निर्माण हुँदैछ ।

    पुल निमार्णका लागि वि.सं. २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग रु. २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो ।

    सम्झौताअनुसार पुल निमार्णको काम वि.सं. २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पुल निर्माण हुन लागेको छ ।

    डिभिजन सडक कार्यालयका सवइन्जिनियर भोजराज रानाका अनुसार पुल निमार्णको सम्झौताअनुरुप त्यतिबेला काम सुरु भएर तीन पिलरसम्म निर्माण भएका थिए ।

    तर पुलको फाउन्डेसनमा समस्या देखिएपछि पुल निर्माण हुन नौ वर्ष लाग्यो ।

    पिलरको फाउन्डेसनमै समस्या देखिएपछि लागत नबढ्ने गरी डिजाइन परिवर्तन गरेर अर्को स्थानमा पुल निर्माण गर्नुपरेको उनले बताए ।

    पुल निर्माणका लागि वि.सं. २०७२ सालमा सम्झौता भए पनि पुलको फाउन्डेसनमा समस्या आएकाले पुनः डिजाइन परिर्वतन गरेर अर्को स्थानमा पुल बनाउनुपर्ने हुँदा निर्माणमा ढिलाइ भएको सवइन्जिनियर रानाले बताए ।

    उनले भने, “अहिले पुल निर्माणको काम तीव्रगतिमा भइरहेको छ, असारसम्म सक्ने तयारी छ ।” सम्झौताअनुसार पुल निर्माणको काम आगामी माघमा सक्नुपर्ने छ ।

    पुल निर्माण कम्पनी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुलको ६० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए ।

    दोदा नदीमा पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीयवासीले आवत-जावतमा समस्या झेल्दै आएका छन् । बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

    खोलामा पुल नहुँदा नदी तर्ने क्रममा केही वर्ष अगाडि लालझाँडीका दुई जनाले ज्यान गुमाइसकेको स्थानीय रघुवीर राना बताउँछन् ।

    “नदीपारि बसाइ र वारि खेतबारीको काम गनुपर्ने भएकाले ज्यान जोखिममै राखेर बर्खामा नदी तर्नुपर्थ्यो”, उनले भने, “अहिले त पुल आधा बनिसक्यो, हामी खुसी छौँ ।”


    प्रकाशित : शनिबार, जेठ ३ २०८२०९:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार