२०८३, कार्तिक १२ गते बिहीबार

गाउँमा क्रिकेट मैदान

गाउँमा क्रिकेट मैदान


  • मेरोभ्यूज
  • जेठ ९, २०८२ शुक्रबार

  • गाउँमा क्रिकेट मैदान

    खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा क्रिकेट मैदान निर्माण सुरु गरिएको छ ।

    कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट प्राप्त रु. आठ लाख बजेटमा यहाँ क्रिकेट खेल मैदान निर्माणको काम सुरु गरिएको हो ।

    जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रूपन राईले यहाँ आठ रोपनी जग्गा व्यवस्थापन गरेर ‘लफ्याङ सिरान क्रिकेट खेल मैदान’ निर्माणको काम सुरु गरिएको जानकारी दिए । निर्माणाधीन खेल मैदानको लम्बाइ ८७ मिटर र चौडाइ ५७ मिटरको हुनेछ ।

    खेल मैदानका लागि स्थानीय मझुवा सेवा समाजले पाँच रोपनी आठ आना जग्गाको व्यवस्थापन गरेको छ ।

    यस्तै, डाँडाबारीका गोविन्द कटवालले एक रोपनी, खड्गबहादुर कटवालले एक रोपनी र धनमायाँ कटवालले आठ आना जग्गा निःशुल्क प्रदान गरेका सङ्घका अध्यक्ष राईले बताए ।

    क्रिकेट खेल मैदान निर्माणका लागि प्रतिरोपनी रु एक लाख दश हजारको दरले जग्गा खरिद गरेर क्रिकेट सङ्घलाई उपलब्ध गराइएको मझुवा सेवा समाजका सदस्य भूपराज कटवालले बताए । उनका अनुसार जग्गा खरिदका लागि समाजका सदस्यहरूले सहयोग सङ्कलन गरेका थिए ।

    वडाध्यक्ष दिनेश घिमिरेले खेलमैदानका लागि आवश्यक थप छ रोपनी जग्गा जुटाउन वडा नं. ५ कार्यालयले पहल गर्ने बताए ।

    निर्माणाधीन क्रिकेट मैदानसम्म पुग्ने करिब ८५ मिटर सडक निर्माणका लागि स्थानीय ताराकुमार कटवालले पनि निःशुल्क जग्गा उपलब्ध गराएको सङ्घका अध्यक्ष राईले जानकारी दिए ।


    प्रकाशित : शुक्रबार, जेठ ९ २०८२१०:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार