२०८३, कार्तिक १२ गते बिहीबार

धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण

धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण


  • मेरोभ्यूज
  • जेठ १३, २०८२ मंगलबार

  • धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण

    कैलाली । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ ।

    धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका–८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ सुकुटी खोलामाथि पक्की पुल निर्माणको थालिएको हो ।

    पुल निर्माणका लागि रु. तीन करोड १५ लाखमा गत पुसमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । जोनापुर खोलाको पुल ५० प्रतिशत बनेको छ भने सुकुटी खोलामा धमाधम पिलर उठाइँदै छ ।

    आयोजना कार्यालयलका अनुसार १३ किलोमिटर सडक कालोपत्र भएको छ । वि.सं. २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको ‘ट्रयाक’ खोलिएको हो । पहिलो चरणमा खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर र स्याउले– धनगढी दस किलोमिटर सडकको सर्भे भएको थियो ।

    धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्टट्रयाक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माणमा विलम्ब भएको छ ।


    प्रकाशित : मंगलबार, जेठ १३ २०८२१०:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार