२०८३, कार्तिक १२ गते बिहीबार

लुलाङ–गुर्जा सडक

लुलाङ–गुर्जा सडक


  • मेरोभ्यूज
  • जेठ १८, २०८२ आइतबार

  • लुलाङ–गुर्जा सडक

    म्याग्दी । लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ ।

    धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार लुलाङबाट देउराली–लत्रवाङ हुँदै भालुखोरियासम्म १६ किलोमिटर ट्रयाक निर्माण भएको छ ।

    लुलाङ–गुर्जा सडकका लागि सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रु. दुई/दुई करोडका बजेट विनियोजन गरेकोमा रु. तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।

    आ.व. २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै चार किलोमिटर चार सय मिटर सडक मार्ग निर्माण भएको थियो ।


    प्रकाशित : आइतबार, जेठ १८ २०८२०८:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार