२०८३, कार्तिक १२ गते बिहीबार

दिउली खोलामा पुल निर्माण सुरु

दिउली खोलामा पुल निर्माण सुरु


  • मेरोभ्यूज
  • जेठ १९, २०८२ सोमबार

  • दिउली खोलामा पुल निर्माण सुरु

    तनहुँ । यहाँको ऋषिङ गाउँपालिका–१ र ३ जोड्ने दिउली खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ । सङ्घीय सशर्त अनुदानअन्तर्गत रु. तीन करोड ८५ लाख ९३ हजार लागतमा पुल निर्माण सुरु गरिएको हो ।

    पुल सम्पन्न भएपछि जिल्लाका ऋषिङ, व्यास र देवघाट गरी तीन स्थानीय तहका बासिन्दा लाभान्वित हुने छन् । तीन पालिकाका करिब चार सय घरधुरीलाई आवत-जावतमा सहज हुने गाउँपालिकाका इन्जिनियर श्रीकृष्ण खनालले जानकारी दिए ।

    उनले भने, “पुल बनेपछि दमौलीबाट दिउली खोला पुल हुँदै देवघाटको दुबुङ र खाल्टे पुग्न सहज हुनेछ ।” पुल निर्माणको जिम्मा पशुपति आर्कडी असेस जेभीले पाएको छ । हाल पुलको एउटा पिल्लर निर्माण भइसकेको र अर्को छेउको पिल्लर निर्माण भइरहेको पालिकाका न्जिनियर अखिल सुबेदीले बताए ।

    उनका अनुसार ४० मिटर ‘स्पान प्रिस्ट्रेस्ड क्रङ्क्रिट’ प्रविधिबाट पुल निर्माण गर्न लागिएको हो । पुलको हालसम्म वित्तिय प्रगति ३० प्रतिशत र भौतिक प्रगति ४० प्रतिशत छ । वि.सं. २०८० माघ २३ मा सम्झौता गरी पुल निर्माण सुरु गरिएको हो । यहाँ पुल नहुँदा ऋषिङका बासिन्दाले समस्या भोग्दै आएको प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाइले बताए ।


    प्रकाशित : सोमबार, जेठ १९ २०८२०८:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार