२०८३, कार्तिक १२ गते बिहीबार

राहुघाट – तातोपानी १४ किलोमिटर कालोपत्र

राहुघाट – तातोपानी १४ किलोमिटर कालोपत्र


  • मेरोभ्यूज
  • जेठ १९, २०८२ सोमबार

  • राहुघाट – तातोपानी १४ किलोमिटर कालोपत्र

    म्याग्दी । बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत राहुघाट–तातोपानीखण्डमा १४ किलोमिटर कालोपत्र भएको छ ।

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा रु. ६६ करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

    निर्माण कम्पनीका अनुसार राहुपारे–बैसरी–कुनौटा–बेगखोला–कालीओडार–तिप्ल्याङ–महभिर–भिरकाटे-घार बैसरी–रातोपानी–पोखरेबगर–भुरुङ तातोपानीखण्डमा १४ किलोमिटर कालोपत्र पूरा भएको छ ।

    सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली र पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो ।

    चारसय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङको कोरला पुग्न दुई लेनको दुई सय दुई किलोमिटर सडक आर्थिक वर्ष २०७३/७४ देखि कालोपत्र गर्न सुरु भएको हो । हालसम्म यसको भौतिक प्रगति ८५ प्रतिशत भएको छ ।


    प्रकाशित : सोमबार, जेठ १९ २०८२०९:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार