२०८३, कार्तिक ११ गते बुधबार

श्रम र रोजगार प्रवर्द्धनमा साझेदारी आवश्यक - मन्त्री भण्डारी

श्रम र रोजगार प्रवर्द्धनमा साझेदारी आवश्यक - मन्त्री भण्डारी


  • मेरोभ्यूज
  • जेठ ३०, २०८२ शुक्रबार

  • श्रम र रोजगार प्रवर्द्धनमा साझेदारी आवश्यक - मन्त्री भण्डारी

    काठमाडौं । श्रम तथा रोजगारका क्षेत्रमा संगठित र समन्वयात्मक तवरले कार्य गर्न नेपाल सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक योजना तयार गर्नु परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताए ।

    स्वीस कन्ट्याक्स्टको स्टेप अप परियोजनाको समापनमा बोल्दै श्रममन्त्री भण्डारीले नेपाल र नेपालीको समृद्धि नेपाली कै हातमा रहेको हुनाले नयाँ र प्रभावकारी तवरले इमान्दारीपूर्वक काम गर्नु पर्ने अवस्था रहेको बताए ।

    रोजगार र आर्थिक विकास एक आपसका परिपूरक रहेको बताउँदै आगामी दशकमा नेपाल सरकारले श्रमिकको माग सिर्जना, दक्ष श्रमिकको आपूर्ति र आर्थिक विकासका लागि श्रम बजार प्रवर्द्धन गर्नेजस्ता सबै रोजगार शृङ्खलामा श्रम मन्त्रालयले काम गर्ने योजना रहेको बताए ।

    नागरिकलाई एकीकृत तवरले स्थानीय तहको नेतृत्वमा सबै श्रम तथा रोजगार सेवा प्रवाह हुने गरी तीनै तहको सरकारका साझा नीति तथा रणनीति तयारी अन्तिम चरणमा रहेको जनाए ।

    संविधानको समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा स्वीस कन्ट्याक्टको प्राविधिक सहयोगमा निर्मित कोशी सरकारको श्रम संसार डिजिटल पोर्टललाई अन्तररास्ट्रिय श्रम दिवसदेखि सबै स्थानीय तहमा बिस्तार हुने जानकारी दिँदै मन्त्री भण्डारीले अन्तर तह अन्तर निकाय समन्वय र सहकार्यलाई ब्यापकता दिने उल्लेख गरे ।

    समपान कार्यक्रममा बिराटनगर महानगरपालिका र दुहबी नगरपालिकाका नगर प्रमुख तथा स्वीस कन्ट्याक्टका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।


    प्रकाशित : शुक्रबार, जेठ ३० २०८२०७:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार