२०८३, कार्तिक १२ गते बिहीबार

सात करोड ६६ लाखमा पुल निर्माण

सात करोड ६६ लाखमा पुल निर्माण


  • मेरोभ्यूज
  • आषाढ १, २०८२ आइतबार

  • सात करोड ६६ लाखमा पुल निर्माण

    बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठे र ९ को मालारानी जोड्ने गरी मोटरेवल पुल निर्माण भएको छ ।

    पाँच वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल अघिल्लो महिनादेखि सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गदेखि मालारानीसहित राजकुट, प्युठान र गुल्मी आउ-जाउ गर्न सहज भएको छ ।

    वि.सं. २०७७ कात्तिक २७ गते सडक डिभिजन कार्यालयले रु. सात करोड ६६ लाखमा निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । वि.सं. २०७९ फागुनमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएकोमा तीन वर्षपछि मात्र निर्माण सम्पन्न भएको हो ।

    पर्याप्त बजेट प्राप्त नहुँदा समयमै काम सम्पन्न नभएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

    नवनिर्मित पुल मालारानीबाट राजकुट–हर्पे–देवीस्थान रोल्पा–रुकुम–जाजरकोट आवागमन सहज भएको छ ।

    स्थानीय प्रेमबहादुर केसीले बडिगाडखोलामा पुल बनेपछि गाउँमा उत्पादन बजारीकरण गर्न सहज भएको बताए । गाउँमा धेरै किसानले फलफूल र सागसब्जी उत्पादन गरे पनि अब डोकोमा बोकेर बजार पुर्याउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए ।


    प्रकाशित : आइतबार, आषाढ १ २०८२१०:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार