२०८३, कार्तिक १२ गते बिहीबार

बारीमा आलुखेती

बारीमा आलुखेती


  • मेरोभ्यूज
  • आषाढ ५, २०८२ बिहीबार

  • बारीमा आलुखेती

    पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो ।

    मोदी गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख अनमोल क्षेत्रीका अनुसार पहिलो पटक छ रोपनीमा परीक्षणका लागि गरिएको आलुखेती सफल भएको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नियुक्त भएका श्रमिकलाई परिचालन गरेर आलुखेती गरेको हो ।

    व्यावसायिक आलुखेतीका लागि बीउ र मल खरिद गर्न पालिकाले रु. ९५ हजार लगानी गरेको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकले उक्त खेती गरेका हुन् ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम निष्प्रभावी भइरहेको गुनासो आइरहेका बेला पालिकाले कृषिजन्य उत्पादनमूलक क्षेत्रमा परिचालन गरेको क्षेत्रीले बताए ।

    मोदी गाउँपालिकाको वडा नं. १, ३ र ४ आलु उत्पादनका लागि ‘पकेट’ क्षेत्र मानिन्छन् । लामो समयसम्म बाँझो रहेको जमिन उपयोग गरेबापत पहिलो वर्ष निःशुल्क जग्गा प्राप्त भएको र आगामी आर्थिक वर्षदेखि जग्गा भाडामै लिएर आलुखेती गर्ने योजना पालिकाको रहेको गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले बताए । उनले ५० क्विन्टलभन्दा बढी उत्पादन हुने अनुमान सुनाए ।

    पालिकाले हरेक वर्ष १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका बेरोजगार नागरिकलाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गर्दै आएको छ । उनीहरूलाई सडक मर्मत, गोरेटो तथा पदमार्ग निर्माण, सार्वजनिकस्थल, चौतारी, पोखरी, मठमन्दिर मर्मत तथा निर्माणलगायत काममा परिचालन गर्ने गरिएको छ ।


    प्रकाशित : बिहीबार , आषाढ ५ २०८२११:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार