२०८३, कार्तिक १२ गते बिहीबार

ठिनी खोलामा धमाधम मोटरेबल पुल

ठिनी खोलामा धमाधम मोटरेबल पुल


  • मेरोभ्यूज
  • आषाढ ६, २०८२ शुक्रबार

  • ठिनी खोलामा धमाधम मोटरेबल पुल

    मुस्ताङ । जिल्लाको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ ।

    गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु. चार करोड ४६ लाखमा बहुवर्षीय ठेक्का लगाएर निर्माण प्रारम्भ गरेको हो ।

    उक्त कार्यालयका सूचना अधिकारी घनश्याम मगरका अनुसार २०८३ साउन अन्त्यसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ । पुल ३५ मिटर लामो र दुवैतर्फ दुई दशमलव चार मिटर पैदलमार्गसहित आठ दशमलव चार मिटर चौडा हुनेछ । हालसम्म भौतिक ४५ र वित्तीय प्रगति ३७ प्रतिशत भएको छ ।

    यसैबीच, प्रदेश सरकारले घरपझोङ गाउँपालिकाको थाक पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, ढुम्बा, स्याङ, छैरो–चिमाङ र मार्फा जोड्ने दस दशमलव पाँच किलोमिटर सडक स्तरोन्नती गरिरहेको छ ।


    प्रकाशित : शुक्रबार, आषाढ ६ २०८२०९:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार