२०८३, कार्तिक १२ गते बिहीबार

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक


  • मेरोभ्यूज
  • आषाढ ६, २०८२ शुक्रबार

  • रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक

    म्याग्दी । रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक रु. २३ करोड ३२ लाखको लागतमा कालोपत्र हुने भएको छ । यस निम्ति आवश्यक तयारी भइरहेको छ ।

    ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नती तथा कालोपत्रको तयारी थालेको हो ।

    सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, वर्षाको पानी निकासका निम्ति नाली बनाउनेलगायत काम धमाधम भइरहेको छ । आगामी एक/दुई दिनमा कालोपत्र थालिने इञ्जिनियर अरुण सेढाईंले जानकारी दिए ।

    सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डि.बि.एस.डी. प्रविधिमा कालोपत्र र दुई किलोमिटर आरसिसी ढलान गरिने छ । “ग्राभेल गर्ने, बेस बिछ्याइएको छ, अब कालोपत्रका लागि तयारी अवस्थामा छौँ”, सेढाईंले भने ।

    पहिलो चरणमा उपल्लाचौरदेखि तोराखेतसम्म नौ किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए । रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान भइसकेको छ ।


    प्रकाशित : शुक्रबार, आषाढ ६ २०८२०९:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार