२०८३, कार्तिक १२ गते बिहीबार

झेँदी पुल निर्माण

झेँदी पुल निर्माण


  • मेरोभ्यूज
  • आषाढ १२, २०८२ बिहीबार

  • झेँदी पुल निर्माण

    गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त रु. पाँच करोड १७ लाख ५० हजार छ सय ६५ मा निर्माणको काम सम्पन्न भएको हो ।

    सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो ।

    पक्की बनाउन नसकिने स्थानमा यस्ता पुल निर्माण गरिने उनले जानकारी दिए । यो पुल २०७६ र २०७७ साल वैशाखमा दुई पटक भाँचिएपछि प्रारुप परिवर्तन गरेर नयाँ बनाइएको हो । पुलका संरचना भाँचिदा राज्यलाई हानि भएको थियो ।


    प्रकाशित : बिहीबार , आषाढ १२ २०८२०९:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार