काठमाडौं । विभिन्न पाँच कम्युनिस्ट पार्टीहरूको बैठक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेका थिए ।
उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल)का महासचिव मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी माओवादी)का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरूको सहभागिता थियो ।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूमा छलफल भएको थियो ।

