२०८३, कार्तिक १२ गते बिहीबार

‘एक घर, एक धारा’ बनेपछि स्थानीय हर्षित

‘एक घर, एक धारा’ बनेपछि स्थानीय हर्षित


  • मेरोभ्यूज
  • आषाढ २३, २०८२ सोमबार

  • ‘एक घर, एक धारा’ बनेपछि स्थानीय हर्षित

    बागलुङ । जिल्लाको विकट मानिने निसीखोला गाउँपालिका–६ स्थित भल्कोट र बुढाथोकमा ‘एक घर, एक धारा’ निर्माण गरिएको छ ।

    गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहलगानीमा भल्कोट र बुढाथोक गाउँका ९४ घरमा ‘एक घर, एक धारा’ निर्माण गरिएको हो ।

    वर्षौँदेखि सीमित धाराबाट पानी उपभोग गर्दै आएका स्थानीय हाल आँगनमै धारामा पानी आउपछि दङ्ग छन् ।

    भल्कोट गाउँमा मोराखेला खानेपानी आयोजनामार्फत धारा निर्माण गरिएको हो ।

    यहाँ नेवाको रु. १३ लाख ३० हजार एक सय १३, गाउँपालिकाको रु. सात लाख सात सय ७७ र जनश्रमदान रु. आठ लाख छ हजार तीन सय ७१ गरी कूल रु. २८ लाख ३७ हजार दुई सय ६१ मा ५५ धारा निर्माण गरिएका छन् ।

    भल्कोट गाउँमा चार हजार नौ सय १५ मिटर टाढा रहेको मोराखोलाबाट पाइपलानमार्फत पानी घर-घरमा पुर्याइएको हो ।

    नेवा बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाका अनुसार आयोजना सम्पन्न भएर धारामा पानी आउन थालेको छ ।

    यस्तै, बुढाथोकमा नेवाको रु. ११ लाख ५५ हजार १५, गाउँपालिकाको रु. छ लाख ६४ हजार नौ सय ५५ र जनश्रमदान रु. छ लाख ५७ हजार नौ सय आठ गरी कूल रु. २४ लाख ७७ हजार आठ सय ७८ मा ३९ धारा निर्माण गरिएको उनले जानकारी दिए ।

    यस गाउँमा दुई सय मिटर लामो दूरीमा रहेको मुहानबाट पाइपमार्फत घर-घरमा पानी पुर्याएको छ ।

    गल्कोट र बुढाथोक गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको र स्थानीयको मागपछि पालिकासँगको सहकार्यमा धारा निर्माण गरिएको कोइरालाले बताए ।

    घर-घरमा पानी आएपछि स्थानीय हर्षित भएका छन् । यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुँदै आएकोमा आयोजनाको संरचना जीर्ण भएपछि नियमित आपूर्तिमा समस्या रहेको स्थानीय रामकुमारी बुढा मगरले बताइन ।

    स्थानीयलाई खान, स्नान र कपडा धुनका लागि निकै समस्या हुने गरेको उनको भनाइ छ । अब घरमै धारा बनेपछि समस्या समाधान हुने विश्वाससहित उनले भने, “गाउँमा धेरै वर्ष अगाडि बनेका थोरै धारा थिए, ती धाराबाट पानी थाप्न समस्या छ । सानो पानी आउने, धेरैले एकै पटक पानी भर्न खोज्दा लाइनमा बस्नुपर्ने, सरसफाइ गर्न र वस्तुभाउलाई पानी खुवाउनका लागि गाह्रो थियो । अब त घरमै धारो बन्यो, पहिलेको जस्तो समस्या हुँदैन कि भन्ने अपेक्षा गरेका छौँ ।”

    निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले सबै नागरिकलाई घर-घरमा स्वच्छ खानेपानीको सुविधा दिने गरी काम गरिएको बताए ।

    अधिकांश गाउँ बस्तीमा ‘एक घर, एक धारा’ निर्माण भएर सञ्चालनमा आएको र बाँकी बस्तीमा पनि गाउँपालिकाले विभिन्न संस्थासँग सहकार्य गरेर पानी पुर्याउने काम गरिरहेको उनले बताए । “एक दशक अगाडिसम्म धेरै गाउँमा सार्वजनिक धारोबाटै पानी उपभोग गर्नुपर्ने बाध्यता थियो ।


    प्रकाशित : सोमबार, आषाढ २३ २०८२०९:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार