२०८३, कार्तिक १२ गते बिहीबार

कृषकलाई माछाका भुरा वितरण

कृषकलाई माछाका भुरा वितरण


  • मेरोभ्यूज
  • आषाढ २५, २०८२ बुधबार

  • कृषकलाई माछाका भुरा वितरण

    पर्वत । जिल्लामा व्यावसायिकरूपमा माछापालन गर्दै आएका कृषकलाई माछाका भुरा निःशुल्क वितरण गरिएको छ । जिल्लाका विभिन्न पालिकामा व्यावसायिक माछापालन गर्ने कृषकलाई दुई लाख २१ हजार माछाका भुरा वितरण गरिएको हो ।

    भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट जिल्लाका सातवटै पालिकाका कृषकलाई निःशुल्क माछाका भुरा उपलब्ध गराइएको हो ।

    पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारले कुश्मा नगरपालिकामा ३८ हजार, जलजला गाउँपालिकामा ६० हजार, मोदी गाउँपालिकामा ३५ हजार, विहादी गाउँपालिकामा सात हजार, पैँयु गाउँपालिकामा ३१ हजार र फलेबास नगरपालिकामा ५० हजार माछाका भुरा वितरण गरिएको जानकारी दिए ।

    व्यावसायिकरूपमा माछापालन गर्दै आएका कृषकलाई प्रोत्साहन गर्ने र माछामा आत्मनिर्भर बनाउने उद्देश्यले भुरा वितरण गरिएको बताउँदै उनले यस वर्ष वीस रोपनी क्षेत्रफलमा माछापोखरी निर्माणका लागि सम्झौता भएको उल्लेख गरे ।

    परियारका अनुसार माछापोखरी निर्माणका लागि कार्यालयले प्रतिरोपनी रु. २५ हजारका दरले अनुदान वितरण गर्नेछ ।

    माछापालनतर्फ कृषकको आकर्षण बढाउनका लागि कार्यालयले यस वर्ष रु. वीस लाख विनियोजन गरेका थिए ।

    अहिले जिल्लाभर ३० भन्दाबढी माछापालन फार्म सञ्चालनमा रहेको जनाउँदै कृषकको माग र पोखरीको क्षमताअनुसार भुरा वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक परियारले जानकारी दिए ।

    जिल्लालाई माछामा आत्मनिर्भर गराउने गरी पोखरी निर्माण र भुरा वितरणमा सहयोग गरिएको केन्द्रले जनाएको छ ।

    केन्द्रले यस वर्ष बृहत्तर पशुपक्षी प्रवर्द्धन सहयोग कार्यक्रमअन्तर्गत प्रति कार्यक्रम रु. आठ लाख ३३ हजारका दरले छ वटा कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीयस्तरमा पशुपक्षी प्रवर्द्धनमा सहयोग कार्यक्रमअन्तर्गत दुई वटा कार्यक्रम सञ्चालन गर्ने जनाएका छन ।

    यसबाहेक पाडा, बाच्छा हुर्काउने कृषकलाई प्रोत्साहन रकम वितरण, कृत्रिम गर्भाधान सेवा, गाईभैँसीलाई सुत्केरी पोषण खर्चलगायत अनुदान कार्यक्रमका साथै गाईभैँसीमा पूर्ण खोप अभियान सञ्चालन गरिएको कार्यालयका निमित्त प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए ।

    चालु आर्थिक वर्षका कार्यक्रम नियमितरूपमा सञ्चालन भइरहेको बताउँदै उनले कार्यालयको लक्ष्यअनुसार उपलब्धि हासिल हुँदै गएको उल्लेख गरे ।


    प्रकाशित : बुधबार, आषाढ २५ २०८२०९:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार