२०८३, कार्तिक १२ गते बिहीबार

माछापालनमा रमाएका भोजपुरका ‘कमल’

माछापालनमा रमाएका भोजपुरका ‘कमल’


  • मेरोभ्यूज
  • आषाढ २५, २०८२ बुधबार

  • माछापालनमा रमाएका भोजपुरका ‘कमल’

    भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेको छ । विदेशमा लिएको अनुभव तथा सिपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उनी व्यवसायमा सम्लग्न भएको हो ।

    अहिले आफ्नै ठाउँमा पाँच वटा पोखरीमा व्यावसायिकरूपमा माछापालन गरिरहेको उनले बताए । पोखरीमा ६० किलोग्राम ग्रासकार्प माछाको भुरा छाडेको उनले जानकारी दिए । आफ्नै ठाउँमा परिवारसँग बसेर व्यवसाय गर्दा छुट्टै आनन्द भएको किसान तामाङले बताए ।

    वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा पाँच वर्ष बिताएर आफ्नो ठाउँमा त्यहाँको भोगाइ र अनुभवलाई सदुयोग गर्दै माछापालनमा लागेको उनले जानकारी दिए ।

    आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषिकर्म गर्न सकेमा स्वदेशमा नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने उनले सुनाए ।

    “धेरै युवामा विदेशप्रति मोह बढेको देखिन्छ, तर विदेशको दुःख त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ । विदेशमा दुःख गर्नुभन्दा आफ्नै ठाउँमा व्यवसाय गर्ने सोचका साथ यो व्यवसायमा लागेको छु । त्यहाँको मेहनत यहाँ गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ”, उनले भने ।

    माछापालनसँगै यहाँ व्यावसायिक कुखुरा र बङ्गुर गर्ने योजनाका साथ काम गरिरहेको उनले बताए ।

    व्यवसायबाट वार्षिक रु. आठदेखि दस लाखसम्म आम्दानी लिने लक्ष्य रहेको तामाङले बताए ।

    पहाडी क्षेत्रका पोखरीबाट उत्पादन भएको माछा बजारमा प्रतिकेजी रु. छ सय ५० देखि रु. सात सयमा बिक्री हुने उनले जानकारी दिए ।

    भोजपुर–६ का वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार व्यवसायमा लाग्ने युवाहरूलाई लक्षित प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको छ ।

    स्थानीय सरकारले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि गाउँघरमा व्यवसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दै गएको छ । किसानलाई उनीहरूको व्यावसायिक योजनाका आधारमा वडा तथा नगरपालिकाबाट सहयोगका कार्यक्रम सञ्चालन भइरहको छ ।

    किसानलाई प्रोत्साहन गर्न वडाले विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको छ । उनीहरूका व्यावसायिक योजनाका आधार आवश्यक सहयोग गर्दै आएका छौँ ।

    भोजपुर सदरमुकामसँग जोडिएको वडा भएकाले किसानले व्यावसायिक माछापालन, तरकारी खेती तथा नगदेबालीको खेतीबाट मनग्य आम्दानी गर्दै आएको वडाध्यक्ष कार्कीले बताए ।

    किसानलाई आयआर्जनमा जोड्न कृषिको क्षेत्रमा वडाले योजनाबद्ध रूपमा काम अघि बढाएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।


    प्रकाशित : बुधबार, आषाढ २५ २०८२०९:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार