२०८३, कार्तिक १२ गते बिहीबार

मार्फा–जोमसोम सडक धमाधम कालोपत्र

मार्फा–जोमसोम सडक धमाधम कालोपत्र


  • मेरोभ्यूज
  • आषाढ २९, २०८२ आइतबार

  • मार्फा–जोमसोम सडक धमाधम कालोपत्र

    मुस्ताङ । मार्फा–जोमसोम सडक धमाधम कालोपत्र भइरहेको छ । लामो समय रोकिएको कालोपत्र कार्य गत हप्तादेखि सुरु गरिएको हो ।

    उत्तर र दक्षिण जोड्ने राष्ट्रिय गौरवको सडकअन्तर्गत ७४ किलोमिटर लामो बेनी–जोमसोम सडक कालोपत्र गर्न आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भएको थियो ।

    रु. ७० करोडको लागतमा कोवाङ-मार्फा १७ कि.मि. सडक कालोपत्र गर्न सम्झौता भएको थियो ।

    कोवाङ–जोमसोम सडकको ९० प्रतिशत भौतिक प्रगति सम्पन्न हुँदै गर्दा निर्माणमा संलग्न कम्पनीले काम अधुरो छाडेको थियो ।

    बेनी–जोमसोम चौथो खण्डको कोवाङ–जोमसोम सडक निर्माणका लागि सुरुवाती ठेक्का पप्पु–गौरी पार्वती, कोशी एण्ड न्यौपाने जेभीसँग सम्झौता भएको थियो ।

    तर सो कम्पनीले सडक निर्माणको काम प्रभावकारी रुपमा अघि बढाउन नसकेपछि काम अधुरै थियो ।

    तर, निर्माण कम्पनी चालु आर्थिक वर्ष सकिन लाग्दा कोवाङ-जोमसोम सडक निर्माणको काममा फर्किएको हो ।

    आयोजनाका सूचना अधिकारी विष्णु चापागाईले कोवाङ–जोमसोम सडकको हालसम्म भौतिक प्रगति ९० प्रतिशत रहेको बताए ।

    हालसम्म कोवाङदेखि टुकुचे र टुकुचे सिरान टोलदेखि मार्फासम्म कालोपत्र सम्पन्न भएको उनले बताए । जोमसोम कालिपुलदेखि पुथाङ विमानस्थलसम्म आरसीसी तथा कालोपत्र भएको छ ।

    कोवाङ–जोमसोम सडकखण्डको बाँकी (मार्फा–जोमसोम) चार कि.मि. सडक पनि कालोपत्र गर्न थालिएको छ ।

    राष्ट्रिय गौरवको (मार्फा–जोमसोम) सडक अधुरै रहँदा जनताबाट आलोचना खेप्नु परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए ।

    मार्फा–जोमसोम सडक कालोपत्र भए मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म सडक सञ्जालले जोडिने छ ।


    प्रकाशित : आइतबार, आषाढ २९ २०८२०९:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार