२०८३, कार्तिक १२ गते बिहीबार

ड्रागन फ्रुटबाट वार्षिक रु. दश लाख आम्दानी

ड्रागन फ्रुटबाट वार्षिक रु. दश लाख आम्दानी


  • मेरोभ्यूज
  • आषाढ ३२, २०८२ बुधबार

  • ड्रागन फ्रुटबाट वार्षिक रु. दश लाख आम्दानी

    गुल्मी । बडिगाड गाउँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु. दस आम्दानी गर्न थालेको छ ।

    बागलुङको बडिगाड गाउँपालिकामा जन्मिएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिकरूपमा ड्रागन फ्रुट खेती गर्दै आएको छ ।

    अर्यालले चार रोपनी जग्गामा तीन सय पोल गाडेर ड्रागन फ्रुटको खेती गर्दैआएको छ । उनको बगैँचामा रहेका हरेक पोलमा गरी एक हजार दुई सय ड्रागन फ्रुटका बोट रहेका छन् । तिनै बोटबाट अर्यालले गत वर्ष वीस क्विन्टल ड्रागन फ्रुट उत्पादन भएको अर्यालले जानकारी दिउ ।

    यसपटक तीस क्विन्टल उत्पादन हुने उनको अनुमान छ । यसलाई विस्तार गर्नका लागि उनले गत वर्षदेखि ड्रागन फ्रुटका बिरुवासमेत उत्पादन गर्न थालेको छ ।

    अर्यालले बगैँचामा १५ जातका १८ हजारभन्दा बढी बिरुवा उत्पादन गरेको छ ।

    उत्पादित बिरुवा रु. ५० देखि रु. दुई सय ५० सम्ममा बिक्री गर्ने गरेको उनले बताए ।

    उत्पादित फलले बजार पाए पनि बिरुवाले भने बजार पाउन नसकेको अर्यालले बताए । उनले उत्पादन गरेको ड्रागन फ्रुट बजारमा प्रतिकिलो रु. पाच सयमा बिक्री हुने गर्दछ । गत वर्ष उनले ड्रागन फ्रुट बिक्री गरी रु. दस लाख आम्दानी गरेको जानकारी दिए ।

    बडिगाड–५ ग्वालीचौरस्थित भानु माध्यमिक विद्यालयमा ३३ वर्ष प्राधानाध्यापकको जिम्मेवारी सम्हालेर १५ वर्षअघि शिक्षण पेशाबाट अवकाश पाएका अर्याल यतिबेला ड्रागन फ्रुट खेतीमा रमाएको छ । उमेरले ७७ वसन्त टेकेका अर्यालका छोराहरु रोजगारीको क्रममा अमेरिका र अष्ट्रेलियामा छन् ।

    बुढेसकालमा छोरासँग देश विदेश घुमेर रमाउने समयमा उनी गाउँमै बसेर कृषि कर्ममा रमाएको छ । अर्यालको यस्तो सक्रियताले गाउँका धेरै व्यक्तिलाई उर्जा र प्रेरणा मिलेको छ ।

    “सुरुमा मैले यो पेशा अगाँल्दा गाउँलेलाई पत्यारै लागेन, धेरै जनाले यी पोल गाडेर यो बुढाले बुढेसकालमा के उपद्रो गर्न लाग्यो होला भनेर नाक चिम्राउँथे, कतिले यो नहुने काम गर्यो भनेर भने । तर गरे त हुँदोरहेछ नि”, अर्यालले भने । तिनै नाक चिम्राउने र विश्वास नगर्नेहरु अर्यालले बगैँचा भरी ड्रागन फ्रुट उत्पादन गरेको देखेपछि अचम्मित बनेका छन् ।

    स्थानीय सरकारले पनि व्यावसायिक कृषकलाई अनुदान उपलब्ध गराउने नीति बनाएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए ।

    बुढ्यौलीले ओरालो लाग्दै गर्दा र कपाल फुल्दै गर्दा पनि अर्यालको यो हिम्मत र जाँगर अझै पनि कुनै तन्नेरीको भन्दा कम छैन । अर्यालले हालसम्म कुनै पनि स्थानीय तहबाट अनुदान नपाएको बताए ।

    “यसमा वीस लाख मेरो लगानी भइसकेको छ, यसले २०/२५ वर्ष आम्दानी दिन्छ”, अर्यालले भने । अर्यालले बाँझिएको खेतबारीलाई आफ्नै एकल पौरख र मेहनतले सिञ्चित गर्दै आएको छ ।

    पछिल्लो समयमा धेरै व्यक्ति गाउँ छाडेर परिवारसँगै सहर पसे पनि अर्याल दम्पति भने खुसीका साथ गाउँमा कृषि कर्ममा रमाइरहेको छ ।


    प्रकाशित : बुधबार, आषाढ ३२ २०८२१०:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार