२०८३, कार्तिक १२ गते बिहीबार

चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना

चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना


  • मेरोभ्यूज
  • श्रावण ८, २०८२ बिहीबार

  • चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना

    म्याग्दी । मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत रु. ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाबाट करिब चार सय जना लाभान्वित भएका छन् ।

    नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को रु. १७ लाख ७४ हजार सात सय २९, मालिका गाउँपालिकाको रु. नौ लाख ९५ हजार पाच सय नौ र उपभोक्ताको रु. ११ लाख ५३ हजार दुई सय ५० बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए ।

    मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१/०८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुक्सीपार र डाँडागाउँमा तीनवटा खानेपानी योजना निर्माण भएका छन् ।

    ती योजनाहरुबाट चार सय परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए ।

    डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले जानकारी दिए ।


    प्रकाशित : बिहीबार , श्रावण ८ २०८२११:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार