२०८३, कार्तिक १२ गते बिहीबार

चिसापानी–देउराली–बानीडाँडा सडक कालोपत्र हुँदै

चिसापानी–देउराली–बानीडाँडा सडक कालोपत्र हुँदै


  • मेरोभ्यूज
  • श्रावण ८, २०८२ बिहीबार

  • चिसापानी–देउराली–बानीडाँडा सडक कालोपत्र हुँदै

    पर्वत । चिसापानी–देउराली–बानीडाँडा सडक कालोपत्र भइरहेको छ । ‘ट्रयाक’ खुलेको १५ वर्षपछि कालोपत्र थालिएको हो ।

    सङ्घीय सरकारद्वारा विनियोजित रु. एक करोडको लागतमा सडक कालोपत्र गर्न थालिएको स्थानीय पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

    सडक कालोपत्रसँगै टेवा पर्खाल, वर्षाको पानी निकासका लागि नाली निर्माण, ग्याबियन जाली भर्ने र कल्भर्ट निर्माणलगायत काम गत वर्षनै सम्पन्न भएकोमा यस वर्षको बजेटले कालोपत्र मात्र गरिएको हो । यो बाटो भएर वालिङ–हुवास सडकसम्म पुग्न सर्वसाधारणलाई सहज भएको छ ।

    स्थानीय पूर्वाधार विकास कार्यालयका इञ्जिनियर रविन पन्थीका अनुसार चालु आर्थिक वर्षभित्रै कालोपत्रको सम्पूर्ण काम पूरा हुनेछ ।


    प्रकाशित : बिहीबार , श्रावण ८ २०८२११:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार