२०८३, कार्तिक १२ गते बिहीबार

पाउद्वारमा खेलमैदान

पाउद्वारमा खेलमैदान


  • मेरोभ्यूज
  • श्रावण १३, २०८२ मंगलबार

  • पाउद्वारमा खेलमैदान

     

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा खेलमैदान निर्माण भएको छ ।

    अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लवले पाउद्वारमा खेलमैदान निर्माण भएको हो । उपभोक्ता समितिका सचिव भविन पाइजाले पाखोबारी सम्माएर खेलमैदान निर्माण गरिएको जानकारी दिए ।

    अन्नपूर्ण गाउँपालिकाको रु. २१ लाख ५० हजार बजेटबाट पाखोबारी सम्माएर ८५ मिटर लम्बाई र ३० मिटर चौडाइको खेलमैदान निर्माण गरिएको बताए । “विद्यालयको खेलमैदानमा खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्दा पठन-पाठनमा समस्या भएपछि नयाँ ठाउँमा जग्गा खोजेर खेलमैदान निर्माण गरिएको हो,” उनले भने “पोखोबारी सम्माएर खेलमैदान बनाएका हौँ ।”

    डोजर परिचालन गरेर सम्माइएको खेलमैदानको डिलतर्फ ग्यावियन पर्खाल निर्माण र बल छेक्न तारजाली निर्माण गरिएको छ ।

    खेलमैदान निर्माण गर्न स्थानीय रामकृष्ण तिलिजाले रु. दुई लाख २० हजार बराबरको एक आना जग्गा दान गरेको छ । रु. छ लाख ६० हजार मूल्य बराबरको थप तीन रोपनी जग्गा खरिद गरिएका थिए ।

    खेलमैदान निर्माणका लागि पाउद्वारका एक सय ३५ घरपरिवारले एक/एक दिनका दरले श्रमदान गरेको छ ।

    क्लवमा आवद्ध युवाले पनि योजना निर्माणमा श्रमदान गरेको छ । खेलमैदानमा स्टेज, प्याराफिट, सार्वजनिक शौचालयलगायतका पूर्वाधार तयार गर्न बाँकी छन् ।

    खेलमैदान निर्माण भएपछि पाउद्वारका युवायुवतीलाई खेलअभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।


    प्रकाशित : मंगलबार, श्रावण १३ २०८२०९:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार