२०८३, कार्तिक १२ गते बिहीबार

दुई किसानले बेचे रु. १५ लाख बढीका तरबुजा

दुई किसानले बेचे रु. १५ लाख बढीका तरबुजा


  • मेरोभ्यूज
  • श्रावण १३, २०८२ मंगलबार

  • दुई किसानले बेचे रु. १५ लाख बढीका तरबुजा

     

    गण्डकी । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले रु. १५ लाखभन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन् ।

    सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गरेकोमा ३० हजार किलोग्राम बिक्री गरेको छ ।

    प्रतिकूल मौसमका कारण रु. पाँच लाख बरबरको हानि भएको किसान आचार्यले जानकारी दिए । निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन् ।

    स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो आठ सय ६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरेका थिए ।

    उक्त तरबुजा फलाए वापत महानगरपालिकाले उनीहरुलाई रु. पाँच हजार नगदसहित पुरस्कृत गरेका थिए ।

    सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

    परीक्षणका रूपमा गरिएको तरबुजाखेती यसवर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ ।

    महानगरपालिकाले तरबुजाखेतीका लागि बीउ र मलचिङमा सहयोग गरेको उनले बताए ।

    पोखरा महानगर क्षेत्रका वडाहरूमध्ये वडा नं. १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको छ ।

    यसवर्ष पोखरामा करिब चार सय टन (रु. दुई करोड बराबर)को तरबुजा उत्पादन भएको छ ।

    महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टीकर तयार गरी प्रदान गरेको शाखा प्रमुख कडरियाले जानकारी दिए ।


    प्रकाशित : मंगलबार, श्रावण १३ २०८२०९:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार