२०८३, कार्तिक १२ गते बिहीबार

काँकडभिट्टा-लौकहीखण्डमा कालोपत्र

काँकडभिट्टा-लौकहीखण्डमा कालोपत्र


  • मेरोभ्यूज
  • श्रावण २१, २०८२ बुधबार

  • काँकडभिट्टा-लौकहीखण्डमा कालोपत्र

     

    मोरङ । सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा-लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ ।

    आयोजना पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार मङ्गलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम प्रारम्भ भएको हो ।

    निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ ।

    एसियाली राजमार्ग नं. २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको एक सय वीस किलोमिटर सडक स्तरोन्नती हुने भनिए पनि हाल ९५ दशमलव ७६ कि.मि.मा मात्र काम भइरहेको छ । पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ ।

    चालु आर्थिक वर्षभित्र कम्तीमा दस किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको छ । आयोजना पूर्वीखण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वीखण्डमा २१ प्रतिशत काम सम्पन्न भएको छ । पूर्वीखण्डमा पनि चालु आ.व.मा दस किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ । पूर्वीखण्डमा ५० र पश्चिममा ७० वटा कल्भर्ट निर्माण भएका छन् ।

    यो राजमार्ग बजार क्षेत्रमा ५० मिटर, जङ्गलमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडा हुनेछ । एसियाली विकास बैंकको ऋण सहयोगमा २०८० साल माघ १९ गतेदेखि निर्माण शुरु भएको हो ।


    प्रकाशित : बुधबार, श्रावण २१ २०८२०९:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार