२०८३, कार्तिक १२ गते बिहीबार

चिरखुवा खोलामा पक्की पुल निर्माण

चिरखुवा खोलामा पक्की पुल निर्माण


  • मेरोभ्यूज
  • श्रावण ३०, २०८२ शुक्रबार

  • चिरखुवा खोलामा पक्की पुल निर्माण

     

    भोजपुर । चिरखुवा खोलामा रु. पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ ।

    पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । उक्त रकम कोशी प्रदेश सरकारले प्रदान गरेको हो ।

    पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका वडा नं. १ र वडा नं. ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

    पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएका छन् । जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ ।


    प्रकाशित : शुक्रबार, श्रावण ३० २०८२११:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार