२०८३, कार्तिक १२ गते बिहीबार

कृषि पकेट क्षेत्रमा सुन्तलाको विरुवा वितरण

कृषि पकेट क्षेत्रमा सुन्तलाको विरुवा वितरण


  • मेरोभ्यूज
  • भाद्र ४, २०८२ बुधबार

  • कृषि पकेट क्षेत्रमा सुन्तलाको विरुवा वितरण

     

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका बिरुवा वितरण गरिएको छ ।

    वडा कार्यालयले यहाँ सुन्तलाखेती विस्तार गर्न किसानलाई अनुदानमा बिरुवा वितरण गरेको हो । केराबारी र रेम्बुकमा सुन्तलाको व्यावसायिक खेती प्रवर्द्धन गर्ने उद्देश्यले किसानलाई सुन्तलाको बिरुवा वितरण गरिएको वडाध्यक्ष सुनिल राईले जानकारी दिए ।

    कृषि पकेट कार्यक्रमअन्तर्गत वडाले रु. दुई लाख विनियोजन गरेर किसानलाई बिरुवा वितरण गरेको वडाध्यक्ष राईले बताए । वडामा भूगोल सुहाउँदो खेती प्रणालीमा जोड दिएको उनको भनाइ छ ।

    “किसानको आय वृद्धि र उत्पादन बढाउने उद्देश्यले व्यवस्थित योजनासहित अघि बढिरहेका छौँ” वडाध्यक्ष राईले भने,“हामीले व्यावसायिक कृषिमा लाग्ने किसानलाई लक्षित गरेर कृषि पकेट क्षेत्र निर्धारण गरेका छौँ । सोही आधारमा बर्सेनी कृषिमा लगानी गरिरहेका छौँ ।”

    वडाध्यक्ष राईका अनुसार ७५ प्रतिशत वडा र २५ प्रतिशत किसानको लागत साझेदारीमा बिरुवा खरिद गरिएको हो ।

    मागको आधारमा पहिलो चरणमा यहाँका ३६ जना किसानलाई एक हजार छ सयवटा सुन्तलाको बिरुवा वितरण गरिएको छ ।

    पकेट क्षेत्रका करिब डेढ सय किसान सुन्तला खेतीमा आबद्ध छन् । वडाले व्यावसायिक कृषि विस्तारका लागि विभिन्न उपाय अवलम्बन गर्दै आएको जनाएको छ ।

    विगत दुई वर्षमा मझौले, चोलन्ती, खावा भञ्ज्याङ र रमिते क्षेत्रमा किबी खेती प्रवर्द्धन गर्न करिब दुई हजार किबीका बिरुवा वितरण भइसकेको छ । सुन्तला र किबी खेतीलाई निरन्तरता दिँदै वडाले रोग नियन्त्रण औँजार, औषधि, तालिम, जडीबुटी (जस्तै चिराइतो, सुतवा)तथा बीउ वितरण कार्यक्रमलाईसमेत अघि सारेको जनाएको छ ।


    प्रकाशित : बुधबार, भाद्र ४ २०८२१०:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार