२०८३, कार्तिक १२ गते बिहीबार

सेञ्चुरी बैंकको ६ प्रतिशत लाभांश पारित

सेञ्चुरी बैंकको ६ प्रतिशत लाभांश पारित


  • मेरोभ्यूज
  • पौष ३०, २०७८ शुक्रबार

  • सेञ्चुरी बैंकको ६ प्रतिशत लाभांश पारित

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ ।

    बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षमा आज बसेको साधारणसभाले चुक्ता पुँजीमा ९ अर्व ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँमा ५.७५ प्रतिशत, ५१ करोड ९४ लाख ७९ हजार ६९६ रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

    साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७÷७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाडलगायत प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिवेदन शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी शेयरधनीको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

    आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ र १०८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।


    प्रकाशित : शुक्रबार, पौष ३० २०७८०८:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार