२०८३, कार्तिक १२ गते बिहीबार

बेलिब्रिज जडान गरिदै कालीगण्डकी नदिमा

बेलिब्रिज जडान गरिदै कालीगण्डकी नदिमा


  • मेरोभ्यूज
  • भाद्र १२, २०८२ बिहीबार

  • बेलिब्रिज जडान गरिदै कालीगण्डकी नदिमा

     

    मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–१ र २ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो ।

    बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको रु. एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको रु. ९० लाखको लागतमा साझेदारी गरी जम्मा रु. दुई करोड ८७ लाख २६ हजारमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सवइन्जिनियर राजन कँडेलले जानकारी दिए ।

    सो बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ । बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएका थिए ।

    राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक राजमार्ग नजिकै भएर पनि कालीगण्डकी पारि ओझेलमा परेका घरपझोङ-१ छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई बेलिब्रिज निर्माणले राहत पुगेको सो वडाका वडाध्यक्ष आशबहादुर थकालीले उल्लेख गरे ।


    प्रकाशित : बिहीबार , भाद्र १२ २०८२०८:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार