तनहुँ । व्यास नगरपालिका-५ रानीटारीबाट म्याग्दे गाउँपालिका-४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको छ ।
कच्ची यस सडकलाई कालोपत्र गरी स्तरोन्नती गरिएको हो । यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समयभन्दा एक वर्षअगावै सडक कालोपत्र भएको छ ।
कार्यालयले रु. ३६ करोड ६२ लाख ९१ हजारमा सडक स्तरोन्नतिको सम्झौता गरेका थिए ।
रानीटारीबाट घुम्तीसम्मको दूरी ९.२ किलोमिटर छ । त्यसमध्ये ७.३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छ भने १.९ किलोमिटर ढलान गरिएको छ ।

