२०८३, कार्तिक १२ गते बिहीबार

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङमा साइकल ट्रेल


  • मेरोभ्यूज
  • भाद्र १४, २०८२ शनिबार

  • मुस्ताङमा साइकल ट्रेल

     

    मुस्ताङ । मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ ।

    पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका अनुसार रु. २० लाख बजेटमा जोमसोम-धार्काजुङसम्मको करिब आठ किलोमिटर लम्बाइको साइकल ट्रेल निर्माण गरिएको हो ।

    मुस्ताङको पर्यटन विकास, पर्यटन प्रवर्द्धनका साथै पर्यटकको बसाइँ लम्ब्याउनका लागि साइकल ट्रेल निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख प्रेम पौडेलले जानकारी दिए ।

    साविकको पुरानो बाटोको स्तरोन्नती र नयाँ दुई कि.मि. सडकमा ट्रयाक ओपन गरी ट्रेल निर्माण गरिएको हो । ट्रेल निर्माणका लागि सुक्खावाल, ग्याविन वालका साथै जोमसोम–धार्काजुङ ट्रेलमा दुईवटा फलामे पुल बनाइएको छ ।

    साहसिक पर्वतीय हाइअल्टिच्युड साइकल ट्रेल निर्माणसँगै यहाँ साइक्लिङ गर्न आउने पर्यटकले जोमसोम–कागबेनी सडकमार्ग प्रयोग नगरी धार्काजुङहुँदै मुस्ताङ–डोल्पासम्मको छोटो यात्रा गर्न सक्नेछन् ।

    “समुन्द्री सतहको करिब चार हजारभन्दा माथिको उचाइमा रहेको ढल्केडाँडा छिचोल्दै साइकल ट्रेल गर्ने पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यता र पर्वतीय उच्च उचाइमा बेग्लै अनुभव गर्न सक्नेछन्”, पौडेलले भने ।

    उनका अनसुार ढल्केडाँडा पुग्ने पर्यटकले उपल्लो मुस्ताङ, नेपाल–चीन सिमाना, तल्लो मुस्ताङ र मध्य मुस्ताङको विभिन्न क्षेत्रको दृष्यावलोकन गर्न सक्नेछन् ।

    साइकल ट्रेलमा यात्रा गर्नेले ढल्केडाँडाबाट नीलगिरि र धौलागिरि हिमाल, कालीगण्डकी करिडोर, स्याउ बगैँचा र जोमसोलगायत बस्ती पनि हेर्न सक्नेछन् ।


    प्रकाशित : शनिबार, भाद्र १४ २०८२१०:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार