२०८३, कार्तिक १२ गते बिहीबार

कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त

कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त


  • मेरोभ्यूज
  • भाद्र १७, २०८२ मंगलबार

  • कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त

     

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकबरे जातको खुर्सानी खेती भएको छ ।

    धवलागिरि–७ शिवाङको धौलागिरि कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानीखेती गरेको छ ।

    “खुर्सानी लगाएको ठाउँमा झार पलाउन नदिनका लागि बोट उम्रने बाहेकका जमिनमा प्लास्टिकले छोप्ने मल्चिङ प्रविधि अपनाएको हो,” उनले भने “प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतत्व पाएर उत्पादन राम्रो हुने भएकोले तरकारी खेतीमा यस्तो प्रविधिको प्रभावकारी भएको छ ।”

    समुद्री सतहदेखि दुई हजार मिटर उचाइमा अवस्थित शिवाङमा यसअघि दुई वर्ष परीक्षण गरेर यसपालीदेखि खुर्सानीको व्यावसायिक खेती शुरु गरेको उनले बताए । खुर्सानी खेतीका लागि उनले रु, दुई लाख ५० हजार लगानी गरेको छ ।

    धवलागिरिमा यसअघि व्यावसायिकरुपमा अकबरे जातको खुर्सानीखेती नभएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाले बताए ।

    घरायसी प्रयोजनको लागि मात्र खुर्सानी खेती हुँदै आएको थियो । बजारको सम्भावना भएकोले अकबरे खुर्सानीखेती गरेको किसान मगरले बताए ।

    स्थानीय बजारमा प्रतिकिलो रु. दुई सय ५० का दरले अकबरे खुर्सानी बिक्री हुन्छ । म्याग्दीमा हाल तराई र पूर्वी पहाडी जिल्लाबाट अकबरे खुर्सानी आयात हुनेगर्छ ।

    दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ ।

    तीस वर्षीय मगरले वैदेशिक रोजगार र परम्परागत खेतीको विकल्पमा खुर्सानीका साथै किबीखेती, कुखुरा र बाख्रापालन गरेर स्वरोजगार बनेको छ । उनको बगैँचामा ७० किबीका बोट पनि छन् । गत वर्ष तीन हजार किलोग्राम किबी बिक्री गरेका थिए ।


    प्रकाशित : मंगलबार, भाद्र १७ २०८२१०:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार