२०८३, कार्तिक १३ गते शुक्रबार

केदारनाथमा पदमार्ग निर्माण

केदारनाथमा पदमार्ग निर्माण


  • मेरोभ्यूज
  • भाद्र १८, २०८२ बुधबार

  • केदारनाथमा पदमार्ग निर्माण

     

    स्याङ्जा । गल्याङ नगरपालिका–७ स्थित धार्मिक एवं पर्यटकीयस्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।

    गल्याङ–८ चिउरीस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट केदारनाथ मन्दिरलाई जोड्ने गरी पदमार्ग निर्माण गरिएको हो ।

    अग्लो पहाडमा अवस्थित केदारनाथ मन्दिरसम्म दर्शनार्थीको सहजताका लागि गल्याङ नगरपालिकाले पदमार्ग निर्माण गरेको हो ।

    दर्शनार्थीलाई आवत-जावत गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष टुकराज पाठकले बताए ।

    नगरपालिकाले पदमार्ग निर्माण गर्न आर्थिक वर्ष २०८०/८१ मा रु. दस लाख र आ.व. २०८१/८२ मा रु. दश लाख विनियोजन गरेको उनले बताए ।

    विनियोजित बजेटबाट तीन सय ८५ मिटर लामो पदमार्ग निर्माण गरिएको छ । मन्दिरसम्म पुग्न स्टिलको रेलिङ समेत जडान गरिएको छ ।

    सुनौली–पोखरा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने भारतीय पर्यटकलाई समेत यसतर्फ आकर्षित गर्न सकिने उक्त मन्दिरका पुजारी काशीराम सापकोटाले बताए ।

    चट्टानै चट्टानले बनेको गुफाजस्तोमा रहेको मन्दिरमा भगवान शिवको प्रतिमूर्ति देख्न सकिन्छ ।

    प्राकृतिक चट्टानबाट निर्मित शिवको प्रतिमूर्ति, नन्दीलगायतका अन्य थुप्रै आकृति यहाँ देख्न पाइने पुजारी सापकोटाले बताए ।

    मन्दिरलाई व्यवस्थित बनाउन २०७२ सालमा महायज्ञ सञ्चालन गरिएको थियो ।

    उक्त महायज्ञबाट सङ्कलित रु. दुई करोडबाट मन्दिरमा नयाँ संरचना तथा पूर्वाधार निर्माण गरिएको छ ।

    मन्दिरलाई नयाँ स्वरुप दिइएको छ । सिद्धार्थ राजमार्गसँगै जोडिएको आँधीखोलामाथि बनेको अग्लो झोलुङ्गे पुल हुँदै झण्डै १५ मिनेटको पैदल दूरीमा यहाँ पुग्न सकिन्छ ।


    प्रकाशित : बुधबार, भाद्र १८ २०८२१०:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार