२०८३, कार्तिक ११ गते बुधबार

काँग्रेस  सहित विभिन्न पार्टी परित्याग गरी ३५ जना माओवादी केन्द्रमा प्रवेश

काँग्रेस  सहित विभिन्न पार्टी परित्याग गरी ३५ जना माओवादी केन्द्रमा प्रवेश


  • मेरोभ्यूज
  • भाद्र २३, २०८२ सोमबार

  • काँग्रेस  सहित विभिन्न पार्टी परित्याग गरी ३५ जना माओवादी केन्द्रमा प्रवेश

     

    लमजुङ । नेपाली काँग्रेस परित्याग गरी नन्दलाल परियार र दानबहादुर परियार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेको छ । उनीहरूलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए ।

    माओवादी केन्द्र प्रवेश गर्दै नन्दलाल र दानबहादुर परियारले प्रतिबद्धता पत्रमार्फत आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

    उनीहरुले भने “२०४६ सालदेखि नेपाली काँग्रेसमा आबद्ध भइ २०७९ सालसम्म निरन्तर सक्रिय राजनीतिमा लाग्दा पनि काँग्रेसले दलित समुदायको अधिकार र मुक्तिका लागि कुनै ठोस योजना नबनाएको अनुभव गर्‍यौं ।

    शताब्दीयौँदेखि जातीय विभेदको चपेटामा परेको दलित समुदायलाई काँग्रेसले गम्भीरतापूर्वक नलिएको मात्र नभइ, पार्टीभित्र उच्च वर्गीय राजनीति र नेताहरूको भ्रष्ट आचरण देखियो ।

    त्यसैले आजकै दिनदेखि दलित समुदायको मुक्ति, सबै वर्ग–जाति–लिङ्ग र क्षेत्रको पक्षमा काम गर्ने तथा भ्रष्टाचार उन्मूलन र सुशासनको अभियान चलाउने माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछौं ।”

    उनीहरूसँगै विभिन्न दल परित्याग गरी ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

    प्रवेश गर्नेहरूमा धारापानी क्षेत्रका कुमराज गुरुङ, धनमाया गुरुङ, ईन्द्रबहादुर गुरुङ, मिनाकुमारी गुरुङ, सबिना गुरुङ, पार्वती गुरुङ, सुकदेव तामाङ, राममाया तामाङ, बुद्धिबहादुर तामाङ, राशीमाया तामाङ, सोममाया गुरुङ, सुकबहादुर परियार, चेनकुमारी भुजेल, कमला सुनार, लक्ष्मी सुनार, गौबहादुर गुरुङ, जगत पाण्डे, दुर्गामान बिक, योगबहादुर बिक, रामबहादुर गुरुङ, मेन परियार, आउता परियार, जमदार बलबहादुर गुरुङ, प्रवाह गुरुङ, मिनमाया घले, कविता गुरुङ, संसार गुरुङ, मोहन विक, खुशीराम बिक, प्रकाश विक, गणेश विक, कृष्ण बिक, धर्म गुरुङ र सुस्मिता दवाडी रहेका छन् ।

    अध्यक्ष प्रचण्डले नयाँ प्रवेशकर्ताहरूलाई स्वागत गर्दै माओवादी केन्द्रले जनताको पक्षमा निरन्तर संघर्ष गर्ने र सामाजिक न्यायसहितको रूपान्तरणको यात्रामा सबैलाई सम्मानजक हैसियतमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।


    प्रकाशित : सोमबार, भाद्र २३ २०८२११:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार