गोरखा । पालुङटार नगरपालिका नेसपा उपाध्यक्ष सुशिला श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेको छ ।
जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा उनी माओवादी केन्द्र प्रवेश गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीलाई पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेशपछि नेतृ श्रेष्ठले विभिन्न अनुभवका आधारमा नेसपाबाट देश र जनताको लागि ठोस काम गर्न नसकिएको महशुस भएकोले माओवादी केन्द्रमै फर्किएको बताए ।
उनले माओवादी केन्द्रलाई आफ्नो पुरानो घरको रुपमा लिएर अब जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले श्रेष्ठको आफ्नै घर आगमनले पार्टी सङ्गठन थप सबल हुने विश्वास व्यक्त गर्नुका साथै अन्य नेता कार्यकर्तालाई पुरानै घर फर्किन अपील गरेका छन् ।

