२०८३, कार्तिक ११ गते बुधबार

गोरखा लुइटेलमा प्रचण्डको शिक्षक–विद्यार्थीसँग अन्तरक्रिया, विद्यालय सुधारमा सहयोग गर्ने प्रतिबद्धता

गोरखा लुइटेलमा प्रचण्डको शिक्षक–विद्यार्थीसँग अन्तरक्रिया, विद्यालय सुधारमा सहयोग गर्ने प्रतिबद्धता


  • मेरोभ्यूज
  • भाद्र २३, २०८२ सोमबार

  • गोरखा लुइटेलमा प्रचण्डको शिक्षक–विद्यार्थीसँग अन्तरक्रिया, विद्यालय सुधारमा सहयोग गर्ने प्रतिबद्धता

     

    गोरखा । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली पालुङटार नगरपालिका–४, लुइटेलस्थित श्री अमर ज्योति जनता माध्यमिक विद्यालय पुगेको छ ।

    अध्यक्ष प्रचण्डले विद्यालयका शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार सुधारमा पार्टी र सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उक्त विद्यालयलाई विशेष महत्वका रूपमा हेरिन्छ, किनभने यही विद्यालयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्ययन गरेका थिए ।

    अध्यक्ष प्रचण्डले भने, “शिक्षा क्षेत्रलाई सुदृढ पार्न आवश्यक सहयोग गर्न हामी सदैव तयार छौं । यो विद्यालयले ऐतिहासिक योगदान दिएको छ, त्यसैले यसको स्तर अझै उकास्न पहल हुनेछ ।”

    अन्तरक्रिया कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि र अभियान टोलीको उल्लेख्य उपस्थिति रहेका थिए ।


    प्रकाशित : सोमबार, भाद्र २३ २०८२१०:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार