२०८३, कार्तिक ११ गते बुधबार

सरकार एक्लै चलाएका भए अझ धेरै काम गर्न सकिन्थ्यो : अध्यक्ष दाहाल

सरकार एक्लै चलाएका भए अझ धेरै काम गर्न सकिन्थ्यो : अध्यक्ष दाहाल


  • मेरोभ्यूज
  • भाद्र २३, २०८२ सोमबार

  • सरकार एक्लै चलाएका भए अझ धेरै काम गर्न सकिन्थ्यो : अध्यक्ष दाहाल

     

    गोरखा । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली सिरानचोक गाउँपालिका–खहरेमा पुगेको छ । अभियान टोलीलाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन् ।

    सिरानचोक गाउँपालिका–खहरेमा जनतासँग अन्तरक्रिया सम्पन्न भएको छ ।

    नेताहरूको उपस्थितिमा गरिएको अन्तरक्रिया कार्यक्रममा स्थानीयका प्रश्नहरू सुनिसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनले अझै सम्पूर्ण क्रान्ति जित्न बाँकी रहेको बताए ।

    उनले भने, “हामीले पुरै क्रान्ति जितेका होइनौं । यदि हामीले सरकार एक्लै चलाएका भए अझ धेरै काम गर्न सकिन्थ्यो, तर हामीले सधैं अरूसँग मिलेर सरकार सञ्चालन गरेका हौं ।”

    अध्यक्ष दाहालले जनयुद्धको क्रममा गोरखाले दिएको ठूलो साथ र योगदानलाई स्मरण गर्दै यस क्षेत्रको विकासका लागि विशेष प्राथमिकताका योजना अघि सारिएको जानकारी दिए ।

    उनले मध्यपहाडी लोकमार्गले गोरखाको जीवनस्तरमा देखिएको परिवर्तनलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै भने, “पहिलो पटक प्रधानमन्त्री हुँदा पनि हाम्रो सरकार एकलौटी थिएन, तर पनि हामीले मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग र उत्तर–दक्षिण करिडोरको निर्माणलाई अगाडि बढाएका थियौं ।”

    अध्यक्ष प्रचण्डले स्थानीय नेताहरूलाई सरकार र पार्टीले गरेका उपलब्धिहरू जनतासामु पुर्याउने जिम्मेवारीमा ध्यान दिनुपर्नेमा जोड दिए ।

    “हामीले पहिलो, दोस्रो र तेस्रो पटक सरकारमा रहँदा गरेका काम स्थानीय नेताले जनतालाई भन्नैपर्छ,” प्रचण्डको भनाइ थियो ।

    सुशासन र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक काम गर्दै गर्दा आफूलाई बिचौलियाको सेटिङका कारण सरकारबाट हटाइएको अनुभव भएको प्रचण्डले आफ्ना मतदाता समक्ष पस्किए ।

    अध्यक्ष दाहालले भने, “हामीले राम्रो काम गर्दै गर्दा, सुशासन र सामाजिक न्यायलाई अघि बढाउँदै गर्दा बिचौलियाको सेटिङमा सरकारबाट हटाइयो ।”


    प्रकाशित : सोमबार, भाद्र २३ २०८२१०:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार